सकियो बिश्व बातावरण दिवसको साताब्यापी कार्यक्रम

गुगलपाटी संवाददाता हेटौंडा,२२जेठ
२२ जेष्ठ २०७५ १३:४३

४६ औ विश्व वातावरण दिवश मनाउनका लागि गठन भउको विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजनामा मंगलबार बृहत् वातावरणीय सचेतना र्याली , साप्ताहिक कार्यक्रमको समापन तथा हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषण कार्यक्रम सम्पन्न भएको छ ।

४६ औ विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिका सम्योजक ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता सुर्य चन्द्र न्यौपाने, प्रदेश सभाका सदस्यहरू प्रेम बहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, हेटौंडा अस्पतालका मे.सु.डा.कमल दवाडी, हेटौंडा उपमहानगरपालिकाका अध्यक्षहरू तथा कार्यपालिकाका सदस्यहरू लगायत जिल्लामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न टोल विकास संस्था, विध्यालय, आमा समूह, संघसंस्था, महिला स्वास्थ स्वयंसेविका गरि १५० भन्दा बढी संघसंस्थाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वातावरण समर्क्षणको क्षेत्रमा नागरिक समाजको तर्फबाट योगदान पुर्‍याउनु भए वाफत वातावरण सुधार समन्वय समितिका संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठलाई वातावरण पुरस्कार २०७५ प्रदान गरिएको छ । कार्यक्रममा टोल विकास संस्था तर्फ स्वावलम्बी टोल विकास संस्था हेटौंडा १ प्रथम, चिसापानी टोल विकास संस्था हेटौंडा ४ दोश्रो, समाज कल्याण टोल विकास संस्था हेटौंडा ४ तृतीय, प्रगति टोल विकास संस्था हेटौंडा ९ र झोलुङ्गे टोल विकास संस्था हेटौंडा ११ सान्त्वना भएका थिए । पुरस्कृत टोल विकास संस्थाहरूलाई क्रमश १० हजार, ७ हजार, ५ हजार र २ हजार पुरस्कार प्रदान गरिएको थियो भने शैक्षिक संस्था तर्फ अमर मा.वि. हेटौंडा १ प्रथम, मकवानपुर टेक्निकल ईन्स्टिच्युट दोश्रो, एन. एम. टि नर्सिङ कलेज तेश्रो, भुटनदेवि उच्चमावि र बालजागृति ईङलिस बोड्ङि सान्त्वना भएको थिए । उनिहरूलाई क्रमश ७ हजार, ५ हजार, ३ हजार र १५०० सय पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट संस्था तर्फबाट महिला स्वास्थ्य स्वयंसेवीकालाई ५ हजार नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष वेगम बरालले स्वागत मन्तव्य राखेको कार्यक्रम सन्चालन टोल विकास संस्थाका महासचिव गङ्गा प्रसाद पौडेलले सन्चालन गरेका थिए ।