गोरेका मुख्य सहयोगी भनिएका तिवारी पक्राउ
गुगलपाटी संवाददाता बिराटनगर
३३ केजी सुन बेपत्ता प्रकरण तथा सनम शाक्य हत्याकाण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेका प्रमुख सहयोगी राम तिवारी पक्राउ परेका छन् ।
गोरेले दिएको बयानको आधारमा तिवारीलाई छानवीन समितिले पक्राउ गरेको हो । दक्षिण कोरियाबाट फर्किएका तिवारीलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए ।