हेटौंडामा छायाँ प्रतिवेदनका लागि कार्यशाला

गुगलपाटी संवाददाता हेटौंडा,२३ जेठ
२३ जेष्ठ २०७५ १३:०३

महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धि (सिड)को छायाँ प्रतिबेदनका लागि सुझाव संकलन सम्बन्धी कार्यशाला कार्यक्रम हेटौंडामा भएको छ ।
कार्यक्रम युवा सेवा समाज मकवानपुरको समन्वयमा वियोण्ड बेईजिङ्ग कमिटिले आयोजना गरेको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा युवा सेवा समाज मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको अध्यक्षतामा भएको थियो । वियोण्ड बेईजिङ्ग कमिटिकी सदस्य शारदा सुब्बाले सिडको परिचय, यसको संयन्त्र लगायतको बारेमा प्रस्तुतीकरण दिएको कार्यक्रममा वियोण्ड बेईजिङ्ग कमिटिकी प्रदेश नम्बर ३ की फोकल पर्सन बिष्णु ओझा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ प्रदेश ३ की सचिव आरती पाठक, जिल्ला जनस्वास्थ्य कार्यालयका शशीकान्त सिँह, महिला तथा बालबालिका कार्यालयकी बालकुमारी ढकाल, नगर स्वास्थ्य समन्वय समितिका प्रमुख सुपेन्द्र कार्की लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वास्थ्य सेवा प्रदायक संघसंस्था, र्याप स्वयम्सेवकहरु लगायतको सहभागिता रहेको थियो ।