सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु
गुगलपाटी संवाददाता विराटनगरमोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।
धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।घरमा शौचालय नभएका कारण उहाँ शौच गर्न घर भन्दा केही बाहिर आउनेक्रममा सर्पले डसेको अनुमान गरिएको छ।
गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।