मकवानपुरमा फेरि लियो चट्याङले ज्यान (चट्याङबाट बच्न यस्ता उपाय अपनाउनुहोस् )

गुगलपाटी संवाददाता मकवानपुर,२५ जेठ
२५ जेष्ठ २०७५ ११:०९

 मकवानपुरमा शुक्रबार परेको चट्याङबाट फेरि एकजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ६२ बर्षीय ठूलीमायाँ नेगीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी नेगीको उपचारका लागि जिल्ला अस्पताल हेटौंडा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । चट्याङ लागेर सोही ठाउँका बुद्धीलक्ष्मी डिमडुङ र चिनीमाया लो घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसअघि मंगलबार राति परेको चट्याङबाट जिल्लाको बकैया गाउपालिका–९, शिखरपुरका स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको थियो ।
चट्याङ्को समय

सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ् पर्दछ । यस क्षेत्रमा प्रत्यक मिनेटमा करिब २८ पटक चट्याङ् पर्दछ ।

वैज्ञानिक कारण

आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ । त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु ूप्रोटनू भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको ून्युटलू अणु प्राप्त गर्नको लागि जमीन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्रायस् सल्लो, पैंयो, खडीक, टुनी जस्ता अग्ला रुखहरूका साथै अग्ला घरहरूमा ून्युटलूको सम्पर्कमा आएर आकाशिय ूप्रोटनू अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ । त्यस कारण चट्याङ् पर्छ।

चट्याङ सँग जमीनमा झर्ने वस्तुहरू

चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ । जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई ूचिड्कोू ूचिर्कोू भनिन्छ । उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन् । कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ । यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन् । गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ ।

असर

चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ। प्रसिद्व चट्याङ् विशेषज्ञ का अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन । चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुन्छ । यस्तो बेलामा घरबाहिर जानु खतरनाक मानिन्छ, तर केही समय पानी परिसकेपछि कालो बादलमा भएका चार्जहरू पानीसँगै पृथ्वीतिर झर्ने भएकाले चट्याङको मात्रामा केही कमी हुन जान्छ । बादलमा भएका चार्जका कणहरू बादलबाट पृथ्वीतिर झर्दा हुने विद्युतीय धारलाई चट्याङ भन्न सकिन्छ । वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्तो एकपटकको चट्याङ पर्ने बेलामा पाँच हजार एम्पियरदेखि दुई लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ । यस्तो अत्यधिक करेन्टको प्रवाह नै चट्याङको प्रमुख खतराको कारक हो । यस्तो अत्यधिक विद्युतीय प्रवाह मानिस, जन्तु–जनावर, वन, जंगल, रुखबिरुवामा हुनेबित्तिकै सबै भष्म हुन्छन् । यसकै कारणले नेपालमा वर्षेनि ठूलो धनजनको क्षति भइरहेको हुन्छ । यो चट्याङका लागि बादलमा भएका चार्जहरूलाई जमिनमा भएको अग्लो सतहबाट केही विपरीत धु्रवका चार्जहरूले संकेत गरेमा वा अग्ला सतहमा विपरीत धु्रवका चार्जहरू उत्पन्न गराएमा यो अझ खतरा हुन्छ । चट्याङबाट घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ । चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुने भएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ । त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरे पनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः भूकम्प र ज्वालामुखीविस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायजसो मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिना अघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः दिउँसो २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।

सावधानी

यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन÷टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ । पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा ९लाइटनिङ एरेस्टर० चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ । घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा बिजुली चम्केको बेला सतर्क रहने ।

फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने ।बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने ।सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने ।खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्नेस अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने ।बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाईटनिङ रडको प्रयोग गर्ने ।
कृष्णउदास खनालको प्रश्तुती
सामग्री संकलनः सामाजिक संजाल