जोगाउन गएकाकै मृत्यु
गुगलपाटी संवाददाता गुलरियाबढैयाताल गाउँपालिका–५ स्थित कच्ची घरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा उनका १२ वर्षीय छोरा दीपेन्द्र पुनको घटनास्थलमा र ३१ वर्षीया भाइबुहारी सुनिता पुनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डिएसपी युवराज खड्काका अनुसार घरको भित्ता भत्किएर च्यापिएका बच्चालाई तान्न जाँदा पुन पर्खाल भत्किएर सुनिता घाइते भएकी थिइन् ।
बिहान परेको वर्षाका कारण घरको पर्खाल कमजोर भई भत्किएको उनले बताए । शुक्रवार बेलुकी भएको घटनापछि स्थानीय स्तब्ध भएका छन् ।