तारा एयरको बिमान दुर्घटना : सबै यात्रु सकुशल

गुगलपाटी संवाददाता जुम्ला
२६ जेष्ठ २०७५ १०:५६

जुम्लामा तारा एयरको विमान दुर्घटनाबाट जोगिएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा ९ल्याण्डिङ गेयर० पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ ।

नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको थियो।

२ बजेर ४० मिनेटमा विमान अवतरणा गर्न लागिएको थियो। विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन्।

जहाजकोनोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।