यसवर्ष विपतको जोखिम बढी, सचेत रहन मौसमविद्हरुको सुझाव
काठमाडौं/ काठमाडौंयसपाली चाँडै मनसुन सुरु भएसँगै बाढी, पहिरो लगायतविपद्को जोखिम पनि बढेको छ । यस वर्ष मनसुन १ सय १५ दिनसम्म सक्रिय हुने भएकाले सजग रहन मौषमविद्हरुको सुझाव छ । विपद् पूर्वको तयारीमा ध्यान नदिइँदा हरेक वर्ष मुलुकको तराई भेगका नागरिक बाढीका कारण पीडित हुने गरेका छन् भने पहाडी भेगमा पहिरोको जोखिम धेरै रहन्छ ।
यसअघि केन्द्र सरकारले नै विपद् व्यवस्थापनका लागि काम नगरेको गुुनासो सुनिन्थ्यो तर संघीयता कार्यान्वयनसँगै स्थानीयतहले पनि पर्याप्त तयारी गर्न सकेका छैनन् । बाढी, पहिरोलगायत विपद्का कारण नेपालमा वर्षेनी औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृहमन्त्रालयको तथ्याकं छ ।
सामान्यतया नेपालमा १५ सय देखि १६ सय मिलिमिटर सम्मपानी पर्ने गर्छ । त्यसमध्ये ८० प्रतिशतपानी मनसुनमा पर्छ । यसपाली मौसम चाँडै सुरु भएकाले सजग रहन मौसम विद्हरुले सुझाव दिएका छन् ।