चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु
गुगलपाटी संवाददाता सुर्खेतचट्याङ लागेर आइतबार चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको मृत्यु भएको छ। कक्षा कोठामा अध्ययन गरिरहेको बेला विहान ११ बजे चट्याङ लागेर सात वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु कक्षा दुईमा अध्ययनरत थिए।
चट्याङ लागेर दुई जना घाइते भएका छन् । स्थानीय डोरप्रसाद शर्माका अनुसार कक्षा १ मा अध्ययनरत ५ वर्षीय निर्मल चन्द र पवित्रा शाही घाइते भएका छन् । उनीहरुको मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।