भाषण सम्बन्धी तालिम
गुगलपाटी संवाददाता हेटौंडा,२७ जेठआदिवासी जनजाति संघसंस्थाका पदाधिकारीका लागि २ दिने भाषण कला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम आईतबार हेटौंडामा शुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उदघाटन हेटौंडा उपमहानगरपालिकाका बोर्ड सदस्य कृष्णबहादुर राई दनुवारको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका शाखा अधिकृत भैरवबहादुर कुमालको विशेष आतिथ्य रहेको कार्यक्रममा नेपाल युवा मगर संघका अध्यक्ष अशोक सारु मगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मध्यमाञ्चलका निवर्तमान संयोजक कुमार नेगीले सहजिकरण गरिरहेका छन् ।
कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष शंकर थापा मगर, किरात राई यायोख्याका जिल्ला अध्यक्ष केबी राई, नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला उपाध्यक्ष कालु घलान, थारु कल्याणकारिणी सभाका जिल्ला सभापती हरिलाल चौधरी, फोनिज मकवानपुरका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगर लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुरमा क्रियाशील आदिवासी जनजाति संघसंस्थाका पदाधिकारीको सहभागिता रहेको छ ।