लेखा तथा कर नीति सम्बन्धी अभिमुखिकरण
गुगलपाटी संवाददाता हेटौंडा,२८ जेठमकवानपु्र उद्योग वाणिज्य संघ तथा सन्राइज बैंक लिमिटेड हेटौंडाको संयूक्त आयोजनामा “आधारभुत लेखा तथा कर नीति”सम्बन्धि अभिमुखिकरण कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रदेश नं.३ का कैलाशप्रसाद ढुंगेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै मंत्री ढुंगेलले निर्माण व्यवसायीहरु सवैले गल्ती नगरेको बताए । गल्ती गर्नेलाई भने नछाडिने उनले बताए । कार्यक्रमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले निर्माण व्यवसायीहरुमाथि केही समययता सरकारले गरेको धरपकडका कारण समस्यामा परेको बताए ।
बैकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा संघका कर संयोजक रबि कडेल शर्मा लगायतले बोलेका थिए भने अरुण राउतको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।