चट्याङका कारण बेकरी उधोगमा आगलागी
गुगलपाटी संवाददाता हेटौंडा,२८ जेठ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका को वडा नंबर ७ नागस्वतीमा रहेको भुटनदेबी बेकरी उद्योगमा सोमबार आगलागी भएको छ ।
उक्त आगलागीमा ८० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक हरिगोपाल सापकोटाले दाबी गरे । चट्याङले ओभनमा आगोलागेपछि उद्योगनै जलेको प्रारम्भिक अनुमान गरिएको छ ।
तर,मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले ७० देखी ८० लाख रुपैँयाको क्षति भएको अनुमान गरिएको बताए । बारुणयन्त्र, स्थानीय तथा प्रहरीको सक्रियतामा उधोगमा लागेको आगो भने नियन्त्रणमा आएको उनले बताए ।