फेरि शेयर बजारमा गिरावट
गुगलपाटी संवाददाता काठमाडौँसोमबार केही बढेको सेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ।
यस्तै ‘क’ वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ। आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ।
स्टकका अनुसार तीन उपसमूहको सेयर भने बढेको छ। फाइनान्स समूह २.१५, बीमा १.५९ र उत्पादन समूह ५.१२ बिन्दुले बढ्दा बैंकिङ २.९, होटल १४.५९, विकास बैंक ०.४७, जलविद्युत् २.२५, माइक्रोफाइनान्स १.१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ। रासस