उपाध्यक्षमा देवकोटा र सदस्यमा बस्नेत चयन

गुगलपाटी संवाददाता हेटौंडा,२९ जेठ
२९ जेष्ठ २०७५ १३:५१

प्रदेश नंबर ३ को प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर खिमलाल देवकोटा नियुक्त भएका छन् ।
मंगलबार हेटौँडामा बसेको प्रदेश नंबर ३ को मन्त्रीपरिषदको बैठकले डाक्टर खिमलाल देवकोटालाई आयोगको उपाध्यक्ष तथा श्याम बस्नेतलाई सदस्यमा नियुक्त गरेको हो ।विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।संघीयता विज्ञ डा देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।

काठमाडौ विश्वविद्यालयमा समेत प्राध्यापन गरेका देवकोटा संघीयता र विकास लगायतका विषयमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुलाई वेला वेलामा प्रशिक्षण समेत दिने गरेका छन् । तत्तकालिन संसदको विकास समिति र अर्थ समितिको आमन्त्रित विज्ञ सल्लाहकार समेत रहेका देवकोटा संघीयता र स्थानीय स्वाशासन विषयमा देशका दुर दराजमा समेत पुगि प्रशिक्षण समेत दिने गरेका छन् । बस्नेत प्राकृतिक स्रोतसम्बन्धी विज्ञ हुन् ।