कलाकार थापाको निधन
गुगलपाटी संवाददाता काठमाडौंपुराना अभिनेता भीमबहादुर थापाको निधन भएको छ। फिल्म, टेलिभिजन र रेडियोका चर्चित अभिनेता थापाको ९३ वर्षको उमेरमा काठमाडौंको मैतीदेवीस्थित निवासमा निधन भएको हो।
अभिनेत्री दीपाश्री निरौलाका अनुसार गत आइतबारमात्र उनलाई सैनिक अस्पताल छाउनीबाट घर ल्याइएको थियो। फोक्सोमा पानी जमेको तथा मिर्गौलाले काम नगरेका कारण अस्पतालमा उपचार गराइरहेका थापाले घरमै जाने इच्छा व्यक्त गरेपछि उनलाई घर लगिएको निरौलाले जानकारी दिइन्।
उनको पार्थिव शरीर आज १० देखि १२ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गर्ने निरौलाले जानकारी दिइन्।
निरौलालाई धर्मछोरी मान्ने थापालाई निरौला कर्मबाबु मान्छिन्। ुदेवीु टिलिफिल्ममा निरौला थापाकी छोरीको भूमिकामा थिइन्। त्यसयता आफूहरूको गहिरो भावनात्मक सम्बन्ध रहेको निरौला बताउँछिन्।
उहाँ ९३ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्योु, निरौलाले भनिन्, छक्कापञ्जा ३ को काठमाडौंमा सुटिङ भयो भने मलाई पनि भन्नु, म रोल गर्छु उहाँले मलाई पछिल्लोपटक भन्नुभएको थियो।
तीतो सत्यु टेलिफिल्ममा थापा दीपाको बाबुको भूमिकामा देखिन्थे।
तृष्णा चलचित्रमा थापासँग काम गरेका फिल्म निर्देशक एवं लेखक प्रकाश सायमीले रेडियो नेपालको बिहानी रेडियो नाटकमा उनले ल्याएको परिवर्तन अविश्मरणीय रहेको फेसबुकमा लेखेका छन्।