प्रचण्डले भने : बल्ल पाप पखाल्ने दिन आए
गुगलपाटी संवाददाता चितवननेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् ।
पाप पखाल्ने बिम्बलाई महासागरमा गएर नुहाएपछि पाप पखालिन्छ भन्ने जनश्रुतिसँग लगेर जोडे । साविकको माओवादी पार्टी कार्यालय भरतपुर कृष्णपुरमा विहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकताको महासागरमा पौडिएर विगतका गल्ती(पाप पखाल्ने सुनौलो अवसर आएको बताए ।
‘विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ’ नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’
पार्टी एकीकरणलाई अवसरको रुपमा लिँदै नयाँ पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने उनले बताए । विगतमा दुवै पार्टीमा गुटबन्दी, अन्र्तघात सवै भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं ।