बिश्व कपको बिषयमा कडा बन्यो प्रशासन(सूचना सहित)

गुगलपाटी संवाददाता मकवानपुर,३० जेठ
३० जेष्ठ २०७५ ११:५५

 बिहीबार बिहानबाट शुरु हुने बिश्वकपका बिषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै खेलको बाहनामा हुन सक्ने अवाच्छित गतिबिधि रोक्ने जनाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै बिश्वकपको बाहनामा कुनैपनि कानुनी बिपरित गतिबिधि नगर्न सबैलाई आग्रह गरेका हुन् । बिश्वकपको प्रत्यक्ष प्रसारण कुनै ब्यापारिक प्रतिष्ठान,सार्वजनिक स्थान,सडक वा सिनेमा हल लगायतका स्थानमा संचालन गर्न पाइने छैन ।
बिभिन्न दश बुँदे सूचना जारी गर्दै उनले आम सर्वसाधारणलाई अप्ठेरो हुने गरी फुटबलको प्रसारण गरेको थाहा पाइएमा कानुन अनुसार कारवाही गरिने बताएका छन् । बिश्वकपका नाउँमा कुनैपनि सट्टा,बाजी,जुवा लगानी नगर्न र प्रत्यक्ष प्रसारण सिसी क्यामराको निगरानीमा गर्न समेत प्रजिअद्वारा जारी सूचनामा उल्लेख छ ।