बिधुत उपभोगबाट मनहरीका बासिन्दा बंचित
गुगलपाटी संवाददाता मनहरी,३० जेठमकवानपुरको पश्चिमी क्षेत्रका बासिन्दा बिद्युत उपयोगबाट बञ्चित भएका छन् । बिद्युतको नियमित आपुर्ती नहुने र आपुर्ती भएको बिद्युतबाट बत्ति नबल्ने र फ्यान नचल्ने हालतको बिद्युत उपयोग गर्न बाध्य भएका छन् ।
बिद्युतबाट पीडित मनहरी, चैनपुर राक्सीराङ क्षेत्रका बासिन्दाले बिद्युत प्राधिकरणमा समस्या सामाधान गर्न सघर्ष समितिनै बनाएर प्रँधिकरणमा डेलिगेशनमा गएका हुन् । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिमी क्षेत्र समितिका सभापति गोबिन्द रिजालको अध्यक्षतामा गठित समितिले बुधबार नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र प्रमुख सन्दिप श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै केन्द्र प्रमुख श्रेष्ठले मनहरीमा २०० केभिएको ट्रान्सफर्मर जडान गर्ने, मनहरीको पुलदेखि पश्चिम भण्डारा फिडरबाट तत्कालका लागि लाईन जोड्ने र राक्सीरँङ–मनहरीलाई पावर सप्लाई गर्न सव स्टेशन राखी सो क्षेत्रमा बिद्युत आपुर्तीको ब्यवस्था मिलाउनको लागि आवश्यक पहल गरिने बताए ।
डेलिगेशन टोलीमा मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, मनहरी गाविस ७ का अध्यक्ष ठाकुर तितुङ र युवा नेता गोपी लामालगायतको सहभागिता थियो ।