तीन नम्बर प्रदेशको वेबसाइट संचालन
गुगलपाटी संवाददाता हेटौंडा,३१जेठ प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आफ्नो आधिकारिक वेबसाईट बिहीबारबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका गर्नुभएको हो ।
कार्यालयको वेबसाईट यअmअm।उघ।नयख।लउ मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले वेबसाईट संचालनमा ल्याउने तर अपडेट नगर्ने समस्या रहेको भन्दै यसमा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफुहरु प्रदेशमा सुशासन र पारदर्शिता कायम गर्ने अभियानमा रहेकोले वेबसाईटले यसमा सहयोग पुग्ने बताउनुभयो ।
वेबसाईटमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकका निर्णय, सचिव बैठकको निर्णय, सूचना, प्रेस विज्ञप्ति, खरिदसम्बन्धी सूचना, प्रदेश मन्त्रालयका वेभसाईट र अन्य लिंकहरु रहनेछन् ।