संघद्वारा सुरक्षाको बिषयमा छलफल

गुगलपाटी संवाददाता हेटौंडा,३१ जेठ
३१ जेष्ठ २०७५ १३:४९

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा व्यावसायिक सुरक्षा विषयमा छलफल कार्यक्रमको आयोजना बिहीबार गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै अध्यक्ष कटुवालले नगरको सुरक्षामा सिसिटिभीले पु¥याएको योगदानको चर्चा गरेका थिए । विभिन्न समयमा सिसिटिभी विग्रने समस्या आईरहेकोले यसकालागि बैंकहरुबाट पनि बजेटको व्यवस्था हुन सके चोरी, लुटपाटको घटना न्यूनिकरणमा सहयोग पुग्ने पनि बताए । बैंकहरुको एटीएम पनि संसाँझै बन्द हुने भएकोले यसलाई २४ घण्टा खुला राख्नुपर्ने पनि उनले सुझाए ।प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले सिसिटिभीले नगरको सुरक्षामा उल्लेखनीय सहयोग पु¥याईरहेको भएपनि यसको मर्मतमा ध्यान पु¥याउनु सबैको दायित्व रहेको बताए ।

बैंकर्सहरुको तर्फबाट आप्mनो विचार राख्दै बैंक अफ काठमाडौंका प्रबन्धक रमेश प्याकुरेलले बैंकहरुबाट पनि सिसिटिभीको लागि सक्दो सहयोग रहने बताए । संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठले सिसिटिभीलाई निरन्तरता दिंदै क्षेत्र विस्तार पनि गर्नुपर्ने र यसकालागि सवैको सहयोग आवश्यक रहेको बताए । संघका पूर्व अध्यक्ष तथा नेउवामहासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले सिसिटिभिलाई चुस्त राख्ने दायित्व सबैको भएकोले यसमा नगरमा रहेका बैंकहरुबाट पनि उल्लेखनीय सहयोग प्राप्त हुनुपर्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, उपाध्यक्षद्वय रामप्रसाद न्यौपाने, गणेश प्रसाद भेटुवाल, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवद्वय सन्तोष अर्याल, काव्यमणि अधिकारी, कासस सुनिल अधिकारी, राजाराम कार्की, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द प्रसाद रिजाल र विभिन्न बैंकका प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।