तीन नम्बर प्रदेशका लागि झण्डै ३६ अर्ब बजेट

गुगलपाटी संवाददाता हेटौंडा,१, असार
१ असार २०७५ १२:२७

प्रदेश नंबर ३ सरकारले आर्थिक वर्ष २०७५७६ को वार्षिक राजस्व तथा व्ययको अनुमान बजेट प्रस्तुत गर्नेक्रममा आज प्रदेशसभा भवनमा प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढकालले ३५ अर्ब ६१ करोड ५६ लाख को प्रदेशको पहिलो बजेट प्रस्तुत गर्नु भएको छ ।
“सुखि नेपाली संमृद्व नेपाल” को राष्ट्रिय नारालाई साकार पार्दै समाजवाद उन्मुख अर्थप्रणालि स्थापना गर्ने आधार विन्दुका रुपमा वजेटले निर्दिष्ट गरेकोलयोजना तथा कार्यक्रमहरु तेस्रो चौमासिक सम्ममा करिव सत्तरी प्रतिसत वित्तिय प्रगति हुने गरि कार्यक्रम संचालन गर्ने प्रणालिको विकास गरि आयोजना हरुको काम सुरु गरिने वताईएको छ ।

भीमफेदी–कुलेखानी सुरुङ मार्गका लागि बजेट

पहिलो बजेटले प्रदेशको गौरवको योजनालाई महत्व दिएको छ । बजेटमा पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना निर्माणको लागि संभाब्यता अध्ययनका लागि बजेट विनियोजन भएको छ । त्यसैगरि बजेटले काठमाडौं उपत्यका काँठ ग्रामीण चक्रपथ, गौरीशंकर–जुगल–गणेश हिमालका आधार शिविर जोड्ने उच्च हिमाली पदमार्ग परियोजना, प्रदेश विश्वविद्यालय परियोजना र इन्द्रावती–भीमटार–पाँचखाल सिँचाइ परियोजनाको संभाब्यता अध्ययनको लागि बजेट विनियोजन गरिएको छ ।
“घुम्न जाउँ दामन” कार्यक्रम

पर्यटनलाई प्राथमिकता दिँदै मकवानपुरको थाहा नगरपालिकामा रहेको दामनलाई आउँदो आर्थिक वर्षमा “घुम्न जाउँ दामन” वर्षको रुपमा समेत बजेटमा आवश्यक ब्यवस्था मिलाईएको छ । बजेटले प्रदेश नंबर ३ मा सार्वजनिक बस सेवा सञ्चालनको लागि जोड दिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले “मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम”लाई समेत प्राथमिकतामा पारेको छ ।प्रदेशको नीति तथा कार्यक्रमले विशेष प्राथमिकतामा राखेको अधिकंस आयोजनाहरु नै वजेटमा परेका छन् ।
बजेटले यो वर्ष कृषि, पर्यटनलाई विशेष महत्व दिएको छ । कृषि तथा पर्यटनको क्षेत्रमा सरकारी स्तरबाटै हुने आयोजनाहरुको निर्माण तथा संभाब्यता अध्ययनको लागि बजेट विनियोजन हुने श्रोतको दाबी छ । यस बाहेक उद्योकको क्षेत्रमा पनि बजेको विशेष ध्यान जाने देखिएको छ ।

बजेट चित्तबुझ्दो  : बिपक्षी नेता

प्रस्तुत वजेटबारे विपक्षि संसदिय दलका नेता ईन्द्र बहादुर वानियाले प्रदेसको पहिलो वजेटले सवै क्षेत्र समेटनखोजेकाले समग्रमा ठिकै खालको भएको र रातो किताव को प्रतिक्षमा रहेको प्रतिक्रिया दिए ।