बिश्वकप : मेस्सी पेनाल्टीमा चुकेपछि आइसल्याण्डका समर्थकलाई फाइदा
गुगलपाटी संवाददाता रसियालिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।
शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १(१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १(१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको डिफेन्सिफ खेलको आलोचना गर्दै पोष्ट अगाडि बस राखेको बताएका थिए ।
विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।
खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।
अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।
दोस्रो हाफमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, उनले गोल गर्न चुकेका छन् ।