तेश्रो पटक आँखाको नानी संकलन

गुगलपाटी संवाददाता हेटौंडा,३ असार
३ असार २०७५ ०८:१९

हेटौडामा तेश्रोे पटक आँखाको नानी संकलन गरिएको छ ।
भीमफेदी गाँउपालिका वडा नं. २, चुनिया निवासी उमेश बर्तौला, श्याम बर्तौला, रुपेश बर्तौला र रमेश बर्तौलाले आफ्ना पिता स्वर्गीय तेजप्रसाद बर्तौलाको आँखाको नानी दान गरेका हुन ।

मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न आफ्नो काकाको आँखा दान गर्न दाजुभाईहरुसंग सल्लाहहगरेर निर्णय गरिएको भतिज बिनोदकुमार बर्तौलाले बताए ।हेटौडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा राखिएको छ । उक्त नानी आवश्यक अन्य दृष्टिविहिनहरुलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ लगिने छ ।