अवरुद्ध सबै सडकखण्ड खुल्यो (अपडेट)
गुगलपाटी संवाददाता मकवानपुर,३ असार मकवानपुर जिल्लाको तीन स्थानमा अवरुद्ध भएको सडकखण्ड आइतबार अपरान्हबाट संचालनमा आएको छ।
त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक पहिरो हटाएपछि हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा आएको हो भन हेटौँडा कुलेखानी काठमाडौं सडकअन्तर्गत पर्ने फाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा अवरुद्ध भएको सडकपनि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सबै सडकखण्ड आइतबार अपरान्ह करिब चार बजेबाट पूर्ण रुपमा संचालनमा आएको मकवानपुरका प्रमुख जिल्ला आधिकारी चक्र बहादुर बुढाले जानकारी दिनुभयो । यातयात संचालनामा आएपछि अलपत्र परेका यात्रुहरु पनि गन्तब्य लागेका छन् ।