प्रदेश नम्बर तीनको बजेट : सत्तापक्षकै सांसद रुष्ट

गुगलपाटी संवाददाता हेटौंडा,३ असार
३ असार २०७५ १४:२०

प्रदेश सरकारले ल्याएको तीन नम्बर प्रदेशको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेजप्रति सत्तापक्षकै सभासदहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । यही असार १ गते शुक्रबार प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रस्तुत गरेको बजेटमाथि टिप्पाण्ी गर्दै सत्तापक्षका सभासदहरुले बजेटले जनतालाई छुन नसकेको बताएका हुन् ।

आइतबार प्रदेशसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सभासद राजेन्द्र पाण्डेले बजेटले प्राथमिकता तोक्न नसकेको बताए । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का अर्का सभासद बुद्धिमान माझीले बजेटमा कयांंै कुरा अमुर्त रहेको टिप्पणी गरे । समय लिएर बोल्ने सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सभासदहरु नारायण बहादुर सिलवाल, हिरामान खतिवडा, मणिराम फुयाँल, लाल कुमारी पुन र प्रेम बहादुर पुलामीले पनि बजेट अपुरो र सतही भएको टिप्पणी गरेका थिए ।

यसरी नै  प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसकी सचेतक राधा घलेले सरकारले प्रस्तुत गरेको बजेट सुन्दर नाराभित्रको परिबन्द भएको बताइन् भने नेपाली काँग्रेसका सभासद तथा लेखा समिति संयोजक न्हुच्छेनारायण श्रेष्ठले बजेट रातो कितावमा नदिएर गुमराहमा राखिएको बताए । नेपाली काँग्रेसका अर्का सभासद प्रभात तामाङ,विवेकशील साझा पार्टीका सभासद रमेश पौडेल,नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र गोसाँई,राष्ट्रिय प्रजातान्त्रि पार्टीकी सभासद रिता माझीले सरकारले बजेट सतहि भएको टिप्पणी गरेका थिए ।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्षको लागि ३५ अर्व ६१ करोड ५६ लाख रुपैयाँ बजेट निबियोजन गरेका हुन् ।