मकवानपुरका प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन् : ४२ दिनमा गर्नुगरें
गुगलपाटी संवाददाता हेटौंडा,४ असार
मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले आफू आएको ४२ दिनमा मकवानपुरमा उलेख्य कार्य गरेको बताएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो कार्यकालको विवरण पत्रकारलाई सुनाएका हुन् । अकस्मात् सरुवामा परेका श्रेष्ठले छोटो समयमा जिल्लामा धेरै महत्वपूर्ण काम गरेको दाबी गरे । उनले आफूले यो अवधीमा जनताका बीचमा लोकप्रिय हुने काम गरेको र शान्ति सुरक्षालाई बलियो बनाएको बताए ।
लागू औषध बिरुद्ध अभियान,भरुवा बन्दुक तथा चोरी र डकैंती सम्मका घटनाहरु आफूले नियन्त्रणमा ल्याउन सफल भएको जिकिर गरे । उनले फरार अभियुक्तहरु पक्राउ गर्ने आफ्नो अभियान पनि निकै राम्रो भएको बताए । ४२ दिनअघि मकवानपुर प्रहरी प्रमुखका रुपमा आएका श्रेष्ठले आउने बित्तिकै गरिएको पत्रकार सम्मेलनमा भने गल तगर्नेलाई सिधै गोली ठोक्छु भनेका थिए,उनको यो भनाइ निकै आलोचित भएको थियो । उनको गृहमंत्रालयले सोमबार नै सरुवा गरेको छ। खासगरी मकवानपुर जिल्लाका क्रसर उधोगीहरु बिरुद्ध उनी खनिएका कारण उनको सरुवा भएको बताइएको छ ।