काँग्रेसका जिल्ला सभापतिको भेलाको सबै तयारी पूरा
गुगलपाटी संवाददाता हेटौंडा,४ असार
हेटौडामा मंगलवार देखि शुरु हुने काग्रेसको जिल्ला सभापति भेलाको सबै तयारसी पूरा भएको बताइएको छ ।
सोमवार अवेर साझ हेटौंडामा बसेको नेपाली काग्रेसको केन्द्रिय कार्यसमिती बैठकले मंगलवार देखि सुरु हुने सभापतिहरुको भेलालाई प्रभावकारी बनाउने वारेमा छलफल गरेको छ । गएको १६ बैशाखमा सकिएको काग्रेस केन्द्रिय समिती बैठकले जिल्ला सभापति भेला र महासमिती भेला गर्ने निर्णय गरेको थियो । केन्द्रिय कार्यसमितीको निर्णय अनुसार काग्रेसले मंगलवार देखि तीन दिने जिल्ला सभापति भेला हेटौडामा सम्पन्न गर्दै छ । सभापतिहरुको भेला मुख्य गरि तीन ओटा विषयमा छलफल गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
पार्टीको संगठन, पार्टीको विद्यान र वर्तमान राजनितीक परिस्थीती वारेमा भेलामा काग्रेसका जिल्ला सभापतिहरुले आ आफनो जिल्लाको तर्फवाट धारणा राख्ने प्रवक्ता शर्माले बताए । मंगलवार विहान ११ वजे देखि हेटौडाको पल्पसा सभा हलवाट उदघाटन हुने सभापति भेलाका लागी देशै भरिका काग्रेसका जिल्ला सभापतिहरु सोमवार साझ नै हेटौडा पुगीसकेको कार्यक्रमको आयोजनको जिम्मा पाएको मकवानपुर काग्र्रेसले जनाएको छ ।
आयोजकले पार्टी सभापति र वरिष्ट नेता रामचन्द्र पौडेललाई एउटा होटलमा, उपसभापति सहित पार्टीको तर्फवाट पुर्वगृहमन्त्री भएकाहरु सहित जिल्ला सभापतिहरुलाई एउटा होटलमा र अन्य नेताहरुलाई अर्को होटलमा राख्ने व्यस्था मिलाएको बताइएको छ । पार्टी भित्र तीव्र गुटवन्दी मौलाइरहेको सन्दर्भमा काग्रेस नेतृत्वले जिल्ला सभापति भेला मार्फत पार्टी भित्रको आन्तरिक एकताको समे्त सन्देश दिन खाजेको देखिन्छ । मकवानपुर काग्रेसका सभापति इन्द्र बानियाका अनुसार पार्टी भित्र देखिएको गुटउपगुटहरुको अन्त्यको सन्देश सहित पार्टीलाई आवश्यक नयां विद्यान वारेमा सभापति भेलालाई केन्द्रित गर्ने प्रयास गरिएकोहो ।