काँग्रेस जिल्ला सभापतिहरुको भेला : अन्तरघातीलाई कारवाहीको माग (भिडियो सहित)
गुगलपाटी संवाददाता मकवानपुर,६ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा जारी रहेको भेलामा जिल्लाका सभापतिहरुले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारवाहीको माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ ।
बुधबार अपरान्ह भेला आयोजना स्थल हेटौंडाको पल्पसा सभागृह बाहिर पत्रकार सम्मेलनको आयोजना गरी उहाँले पार्टीलाई एक बनाएर लैजानका लागि सभापतिहरुले नेतृत्वलाई दबाब दिनुपर्ने सम्मको कुरा उठाएको जानकारी दिनुभयो । स्थानीय र संघीय तथा प्रदेश सभाको निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारवाहीको माग जिल्ला सभापतिहरुले उठाएको प्रवक्ता शर्माले बताउनुभयो। खासगरी पार्टी उक बनाउने बिषयमा भेला केन्द्रित रहेको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।
आजको बैठकमा सभापति शेर बहादुर देउवाले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन बाहेक गगन थापा सहितको आठजनाको छुट्टै प्रतिवेदन पेश भएकाले सो बिषयमा जिल्ला सभापतिहरुको धारणा राख्नेक्रम जारी रहेको पनि उहाँले जानकारी दिनुभएको छ । हेटौंडामा हिजोबाट शुरु भएको नेपाल काँग्रेसको जिल्ला सभापतिहरुको भेला भोलि सकिनेछ ।
Posted by Nepali Congress on Wednesday, June 20, 2018