हटियामा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने

गुगलपाटी संवाददाता हेटौंडा,६ असार
६ असार २०७५ १४:०१

मकवानपूरको हटिया १७ मा रहेको क्रियटिभ तेक्विन्दो एकेडेमी ले यही असार ८ र ९ गते तेश्रो जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न को लागी बुधबार जिल्ला खेलकूद समितीको कार्यालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
हेर्टौंडाको हटियामा हुने जिल्ला स्तरीय प्रतीयोगितामा जिल्लाभरका २०० जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ । हटियामा रहेका अनाथ तथा बिपन्न बर्गका ३५ जना चेपाङ बालबालीका लाई तेक्वान्दो गूरू भोजराज पराजूली ले निशूल्क ताक्वान्दो सिकाउनु भयकाले उक्त खेलाडीको खेल स्तर बृदीको लागी पनी उक्त गेम खेलाउन लागेको आयोजकले जानकारी दिएको छ ।
मकवानपूरमा क्रियाशिल १० डोजाङ को सहभागीता रहने उक्त प्रतियोगिताको कूल खर्च चारलाख लाग्ने र आबस्यक खर्च स्थानिय स्तरबाट सहयोग प्राप्त हूने समेत जानकारी गराएको छ १हेटौडा उपमहानगर पालीका को १७ नम्बर वडामा पछिल्लो समय खेलकूदको बिकाशका लागी स्थानियको अग्रसरता निकै देखिएको छ ।
पत्रकार सम्मेलनमा क्रीयटिभ तेक्वान्दो एकेडेमीका अध्यक्ष शंकर बहादूर राउत, हटिया स्पोट्स एकेडेमीका छबि सूबेदी, जिल्ला खेलकूद बिकास समितीका माधब तिमल्सीना, राजन दाहाल खूसराज, टोल सूधार समीती हटियाका उद्दब सत्याल लगायतले प्रतियोगीताको बिषयमा जानकारी गराएका थिए ।