मुलुकी ऐन खारेज हुन्छ : मंत्री तामाङ
गुगलपाटी संवाददाता मकवानपुर,८ असारकानुन,न्याय तथा संसदीय ब्यवस्था मंत्री शेर बहादुर तामांगले एक बर्ष पुरानो मुलुकी ऐन खारेजीको अन्तिम तयारीमा रहेकोृ जानकारी दिनुभएको छ ।
आज हेटौंडामा आयोजना गरिएको देवानी तथा अपराध कानुनकाको बिषयमा भएको एक अन्तरकृया कार्यक्रममा बोल्नुहुदै उहाँले मुलुकी ऐन खारेजीको लागि तयारी भइरहेको र अहिले आफुहरु कानुन निर्माणमा लागि रहेको बताउनुभयो। उहाँले भदौ एक गतेबाट नयाँ कानुन मुलुकमा लागू हुने भएकाले यस बिषयमा जानकारी सर्वसाधारणका लागि दिन चाँडै नै मोवाइल एप्सको ब्यवस्थ ागर्न लागिएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय कानुन आयोगका अध्यक्ष माधव पौडेलले मुलुकमा नयाँ कानुन लागू हुने अन्तिम तयारीमा रहेको बताउनुभयो ।
खासगरी अब ऐनमा रहेको धेरै कुरा परिवर्तन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बहुविवाह,कर्तब्य ज्यान,अपहरण,मानिस बेपत्ता लगायतका बिषयमा कानुन पहिलाको भन्दा कडा हुन लागेको जानकारी दिनुभयो । अपराध गरेको सत्य बोलेमा ५० प्रतिशत छुट र झुटो बोले ७५ प्रतिशत सजायँ हुने उहाँले जानकारी दिनुभयो । उहाँले सार्वजनिक स्थानमा दिइने पशुबध पनि अन्त्य हुने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाइ,उपभोक्ता मंचका अध्यक्ष अजय अधिकारी लगायतले बोलेका थिए ।