एसइइको नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नतिजा
गुगलपाटी संवाददाता काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (सईई) को नतिजा आज प्रकाशित गरेको छ । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।
सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३।६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी सफल भएका छन् । त्यस्तै जीपीए २.८५ देखि ३े.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएका छन् ।
एसईईको नतिजा हेनको लागि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । अनलाइनमार्फत नेपाल टेलिकमको http://see.ntc.net.np/ साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ । तिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइटwww.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको धधध।मयभ।नयख।लउ शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np , राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकोwww.neb.gov.np र एनसेल प्रा। लि।को www.ncell.axiata.comb मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।