हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक गर्यो नीति कार्यक्रम
गुगलपाटी संवाददाता हेटौंडा,१० असारआगामी आर्थिक बर्षका लागि हेटौँडा उपमहानगरपालिकाले वजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभामा प्रस्तुत गरेकी बजेटमा हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक वजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार बजेट प्रश्तुत गरिएको छ । लामाले प्रस्तुत गरेकि बजेटमा कुल बजेटको १० दशमलब १८ प्रतिशत मात्र प्रशासनिक खर्चमा हुने छ । जस्को कुल रकम १६ करोड ५९ लाख ६४ हजार रुपैँया रहने छ ।
बजेटमा वडा स्तरीय आयोजना तथा कार्यक्रमको लागि २० करोड ५० लाख रुपैँया, सामाजिक विकास अन्र्तगत ५९ करोड १७ लाख ५६ हजार, पुर्वाधार विकास क्षेत्र तर्फ ३७ करोड ८ लाख ५१ हजार, वातावरण तथा विपद ब्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख ७० हजार, सस्थागत विकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ २ करोड १६ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।
यसरी नै बजेटले आउँदो आर्थिक वर्षभित्र सबै वडाहरुमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिने समेत उदेश्य राखेको छ । बजेटमा हेटौँडाको सडकमा सवारी चाप बढेको र यात्रुहरुलाई बाटो काटन समस्या भएको भन्दै आकाशे पुल निर्माणको योजना समेत राखिएको छ ।