थाहाको बजेट ५१ करोड

गुगलपाटी संवाददाता मकवानपुर,१० असार
१० असार २०७५ १३:३१

मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट नगरसभा समक्ष पेश गरेको छ । थाहा नगपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीले सभामा नीति तथा कार्यक्रम सहित ५१ करोड १ लाख ७८ हजार रुपियाँ बजेट पेश गरेका हुन् ।

नगर उपप्रमुख गोपालीले सशर्ततर्फ १९ करोड ३३ लाख ५० हजार, आन्तरिक स्रोत २ करोड ८० लाख ५० हजार, राजश्व बाँडफाँड ९ करोड २८ लाख, अन्य आय ५ लाख वित्तिय समानिकरण अनुादन १२ करोड ९९ लाख ७८ हजार अन्य सरकारी अनुदान ४५ लाख र सामाजिक सुरक्षा भत्ता ६ करोड १० लाख रुपियाँ समावेश गरी बजेट सभामा पेश गरेका हुन् । उनले चालु खर्चतर्फ ६ करोड ४५ लाख २५ हजार, पुँजीगततर्फ १९ करोड १३ लाख ३ हजार विनियोजनका लागि बजेट पेश गरेका हुन् ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५र०७६ का लागि सबैभन्दा बढि सामाजिक विकासतर्फ २६ करोड २६ लाख २१ हजार दोस्रोमा पूर्वाधार विकासमा १४ करोड २९ लाख ३३ हजार विनियोजन गरेको छ ।

थाहा नगरपालिकाको विकासघरमा भएको तेस्रो नगर सभामा पेश भएको बजेट नीति तथा कार्यक्रमम माथि दफावार छलफल गर्न १५ दिनको समय दिइएको छ । आगामि २५ असारमा बस्ने नगरसभाको बैठकले बजेट नीति तथा कार्यक्रमम पास गर्ने गरी सभा स्थगित गरिएको छ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले संचालन गर्नु भएको सभा नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको थियो ।