संघद्धारा एसपीको स्वागत

गुगलपाटी संवाददाता हेटौंडा,१० असार
१० असार २०७५ १४:०९

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका नव आगन्तुक प्रहरी उपरीक्षक बुद्धिराज गुरुंगको मकवानपुर उधोग बाािण्ज्य संघले स्वागत गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कृष्ण कटुवालले गर्नु भएको थियो । कटुवलाले राजनैतिक र व्यावसायीक रुपमा मिलेको मकवानपुरमा उपरिक्षको स्वागत गर्नुहुदैै संघले व्यावसायीक संगसगै गरेको सामाजिक कृयाकलापको चर्चा गर्नु भएको थियो । फुटपाथ हटाउने, पार्किङ्ग,लोडिङ्ग,अनलोडिङ्ग, सिसिटिभि मर्मत लगायतको कार्यमा प्रहरी उपरिक्षकको भुमिका होस भन्दै सफल कार्यकालकोे शुभकामना व्यक्त गर्नु भएको थियो ।

संघका पुर्व अध्यक्ष तथा सल्लाहकार उत्तम शर्मा ढकालले सवै कुरा मिलेपछि मात्र सडक विस्तार गर्नु पर्ने भन्दै हालको ट्राफिक जाम कम गर्न वाईपासबाट लैजानु पर्नेमा जोड दिनु ह्ुदै यस जिल्लामा प्रहरी उपरिक्षकवाट उदाहरणीय कार्यको अपेक्षा गर्नु भएको थियो ।

संघका सल्लाहकार तथा होटल एशोसियशनका अध्यक्ष भागिरथ शर्माले प्रादेशिक राजधानी भइसकेर पनि होटलहरु ९ वजे नै वन्द गर्नु पर्ने समस्याका वारेमा अवगत गराउनु भएको थियो ।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका नव आगन्तुक प्रहरी उपरिक्षक बुद्धिराज गुरुंगले शान्ति कायम गर्नु हामी सवैकोे कर्तव्य भएको र समाजलाई शान्ति सुरक्षा दिन प्रहरी प्रशासन निरन्तर लागि परेकोे र लागि रहने कुरामा जोड दिनु् भएको थियो । संघले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुुहुदै उपरिक्षक गुरुङले संघसंग सहकार्य गर्दै अगाडी वढने वताउनु भयो । आपराधिक घटनाहरुको जडमध्ये एक मादक पदार्थ सेवन पनि भएकोले यस्को नियन्त्रण भन्दापनि यस्को सहि व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो । प्रादेशिक राजधानि भइसकेको अवस्थामा जिल्ला प्रशासन र सम्वन्धित निकायहरुसंग समन्वय गरी होटल लामो समय सम्म खोल्नको लागि आवश्यक पहल गर्ने पनि उहाँले वताउनु भयो । सिसिटिभिको मर्मत सम्भार र यस्को विस्तारमा आफुले सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको थियो ।
संघका महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नु भएको कार्यक्रममा समापन मन्तब्य राख्नु हुदै वरिष्ठ उपाध्यक्षले फुटपाथ हटाउने कार्यलाई कडाईका साथ लाग्नु पर्ने वताउदै सिसिटिभिको लागि आवश्यक सहयोग जुटाउन प्रहरी उपरिक्षकको पनि भुमिका रहनु पर्ने वताउनु भयो । उक्त कार्यक्रममा संघका पुर्व अध्यक्ष केशव श्रेष्ठ,जिवन काजी माकजु श्रेष्ठ,भु्वनलाल, श्रेष्ठ, संघका सल्लाहकार नरोत्तम दाहाल,हिरालाल श्रेष्ठ, एकालाल श्रेष्ठ,आनन्दराम पराजुली एंवम संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने,कोषाध्यक्ष अनिल अग्रवाल,सचिव सन्तोष अर्याल,विष्णु गोपाल महर्जन ,कासस राजाराम कार्की,कृष्ण प्रसाद ढुंगाना, कुलप्रसाद चौलागाई,प्रतिमा श्रेष्ठ, श्रीकृष्ण कर्माचार्य,नरेन्द्र भण्डारी, संघका कानुनी सल्लाहकार ईश्वरराज ढकालका साथै पत्रकार हरुको उपस्थिति रहेको सचिव तथा प्रवक्ता काब्यमणी अधिकारीले जानकारी गराउनु भयो ।