फेरि नारायणघाट मुग्लिन सडकखण्ड अवरुद्ध

गुगलपाटी संवाददाता चितवन
१२ असार २०७५ ०१:५५

नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेको छैन । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरो । फाइल तस्बिर स् कान्तिपुर

पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने अनुमान गरिएको छ। आइतबार राति पनि३ ठाँउमा पहिरो खस्दा सोमबार दिउँसोसम्म यातायात अबरुद्ध भएको थियो। सोमबार दिउँसो यातायात स‌ंचालनमा ल्याए पनि राति पहिरो खसेरफेरि सडक अबरुद्ध भएको हो।

मुख्य राजमार्ग बन्द हुँदाराजधानी र पोखराआउन जान समस्या भएको छ। प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ।