अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्री गर्नेहरु परे प्रहरीको फन्दामा
गुगलपाटी संवाददाता हेटौंडा,१२ असारजिल्ला प्रहरी कार्यालय मकवानपुरले अश्लिल भिडियोहरु डाउनलोड गरी सर्वसाधारणहरुलाई बिक्री गर्नेहरु बिरुद्ध कारवाही अभियान थालेको छ ।
सो क्रममा मंगलबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर दशबाट सातजना स्थानीय सहित उनीहरुले अश्लिल भिडियोहरुका लागि प्रयोग गर्ने उपकरणहरु पनि बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताए ।
उनका अनुसार हेटौडा १० स्थित बसपार्कमा रहेको नाशर कम्युनिकेशन पसलका संचालक, सन्धि मोबाईल पसल,उज्जवल म्युजिक भिडियो ,प्रकाश मोबाईल सप, चन्द्र म्युजिक एण्ड मोबाईल सेन्टरका संचालकहरु र उनीहरुले प्रयोग गर्ने कम्प्युटर सहित ल्यापटप पनि बरामद गरी मंगलबार नै जिला अदालतमा पेश गरिएकोमा उनीहरु बिरुद्ध पाँच दिनको म्याद थप पनि गरिएको मकवानपुर प्रहरीले जनाएको छ।