नारायणगढ-मुग्लिङ सडक फेरि अवरुद्ध

गुगलपाटी संवाददाता चितवन 
१४ असार २०७५ ११:३६

 नारायणगढ-मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिकाको भालुढुंगामा पहिरो गएको छ।पहिरोले सडक अवरुद्ध भएको छ। बाटो अवरूद्ध भएपछि हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधन बीच बाटोमै रोकिएको चितवन प्रहरीले जनाएको छ। नारायणगढ- मुग्लिन सडकखण्ड म‌ंगलबार ११ घण्टा र बुधबार छ घण्टा अवरोध भएको थियो।

पहिरो हटाउन ११ घण्टासम्म लगातार तीनवटा एक्साभेटरले काम गरेका थिए। यो सडकखण्डमा सामान्य वर्षा हुँदा पनि पहिरो जान्छ ।