सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
गुगलपाटी संवाददाता सोलुखुम्बुसोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट ८ जना यात्रु बोकेर पतलेबजार हाट जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ७ जनाकाे ज्यान गएकाे सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।
एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए ।
घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । बस घटनास्थलबाट ५ सय मिटर भन्दा तल खसेको सहायक प्रजिअ शेर्पाले जानकारी दिए ।