दिलरानी सेलिना दिलराजा खोज्दै

गुगलपाटी संवाददाता वीरगन्ज
१६ असार २०७५ ०५:३८

पर्साको ठोरी गाउँ सदरमुकाम वीरगन्जबाट ६८ किलोमिटर सु्दूर उत्तरमा पर्दछ । अहिले पनि ठोरीका नागरिक वीरगन्ज आउनु प¥यो भने भारतीय बाटो भएर आउन बाध्य हुन्छन् । तराई मधेशको जिल्ला भएर पनि पर्साको ठोरी भने बिकट बस्तीको रुपमा चिनिन्छ । यस्तै ठोरीमा जन्मिर आफ्नो कलाकारितामा लाग्दै गरेी सेलिना कँुवर अहिले गीत संगितमा ब्यस्त छिन् ।
दुर्गम बस्तीमा जन्मिएर पनि गीत संगितमा रमाउन पाउदा आफूलाई गर्व लागेको कुँवर बताउछिन् । एक दर्जन भन्दा बढी नेपाली र भोजपुरी गीत गाइ सकेकी सेलिना अहिले राजधानी काठमाडौंमा रहेर गीत संगित क्षेत्रमा रातदिन तल्लिन छन् । हालै रिलिज भएको नेपाली चलचित्र नेप्टेमा उनले गाएको गीत दिलरानी अहिले चर्चामा छ ।
बरिष्ठ गायक उजितनारायण झासंग मिलेर सेलिनाले गाएको यो गीत अहिले यूटूपमा हेर्नेहरुको संख्या बढी छ । झण्डै दश लाखले यो भिडियो हेरिसकेका छन् । दिलरानी गीतले आफूलाई चिनाउन झन् मद्दत पु¥याएको सेलिनाको तर्क छ । अविवाहित सेलिना मन मिल्ने दिलको राजा वा वर पाए बिहे गर्ने सुरमा पनि रहेको बताउछिन् । बढी आधुनिक गीत गाएकी सेलिनाले आफ्नो गाउँ ठोरी र जिल्ला पर्सालाई बढी गीत संगितबाट चिलाउन चाहेको तर्क गर्छिन् । ओस नेपाल म्यूजिक आयोजना गरेको अवार्डमा दिलरानी टप फाइपमा परेकाले आफूलाई बिजयी गाराइ दिन उनले आफ्ना शुभचिन्तकलाई आग्रह गरेकी छिन् । उनलाई जिताउनका लागि टाइप ओएसएन लेखी १४ए टाइप गरी ३३००१ म पठाउन सकिनेछ ।