भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु
गुगलपाटी संवाददाता भारत (देहरादुन), १७ असारभारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।
उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।
“दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,” एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भन्नुभयो ।
उहाँले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि एएफपीलाई जानकारी दिनुभयो । (रासस/एएफपी)