कर्रा उर्लियो मन पिरोलियो
कृष्णउदास खनाल मकवानपुर,१८ असारसोमबार बिहान झमझम पारी परिरहेको थियो ।हेटौंडाको वडा नम्बर ५ की रेखा पराजुली कर्रा खोला नजिकै टोलाइरहेकी थिइन् । जति खोलाको बहाव बढ्दै थियो,उनको मनमा ढ्याग्रो पनि ठोक्दै थियो ।
कर्रा खोला जनिकै उनको घर छ । उनको घर भएको जग्गा पनि नम्बरी नै हो तर पानी परेसंगै नदीमा आउने बाढीले उनी जस्तै कर्रा नदी किनारमा बस्नेहरुको पीडा अत्यन्तै दुःख लाग्दो छ । लगातार २४ घण्टापानी पर्यो भने घर छाडेर छिमेकीको शरणमा पुग्नु पर्ने बाध्यता छ । गएको बर्ष साउन २९ गते पानी पर्दा पनि शान्ति नगरका धेरै घर परिवारहरु घर छाड्न बाध्य भएका थिए । कर्राले कटान गर्नेक्रम रोकिएको छैन ।
वारी आठ नम्बर वडा भएपनि वारी केही तटबन्धनको ब्यवस्था गरेको जस्तो देखिएपनि पारी भने खासै तटबन्धन गरिएको छैन । जसका कारण कर्राको बहाव माथि सम्म कहिलेकाँही उक्लन सक्छ । त्यसो त वारीपनि खेतमा धान लगाइएको छ,धान डुबाउन लाग्यो भन्दै बिहानै खेतका मालिकाहरुको पनि भीड खोला आसपासमा थियो । उनीहरु भन्दै थिए,नेतालाई भोट दियौं तर उनीहरुले केही गरेनन् । तर,जनप्रतिनिधिहरुले भने नदी छेऊमा घर बनाउदा जोखिम हुने बताए । वडा नम्बर ८का अध्यक्ष गोपाल श्रेष्ठले नदी कटान नियन्त्रणका लागि उपमहानगरपालिका लागिरहेको बताए ।
यद्यपी स्थानीय आफै पनि सचेत हुनुपर्ने उनको तर्क छ । गिट्टी बालुवा उखनन्का नाउमा हुने दोहन र जग्गा प्लटिंगको नाउमा भइरहेको जथाभावी खेती योग्य जग्गा सिध्याउने प्रचलनका कारण कर्रा झनै बढी उर्लिने गरेको बिशेषज्ञहरुको तर्क छ । यसैबीच स्थानीय प्रशासनले पानी परेसँगै खोलानालामा पानीको बहाव बढ्ने हुँदा सचेत रहन सर्वसाधारणहरुलाई आग्रह गरेको छ । हेटौंडा सहित मकवानपुरका कतिपय स्थानमा बिगतका बर्षहरुमा बर्षामा ठूलो जनधनको क्षति भएको भन्दै सचेत रहन प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आग्रह गरे ।