तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग

गुगलपाटी संवाददाता हेटौंडा,१९ असार
१९ असार २०७५ ०७:४१

तीन नंम्बर प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघ तीन नंमबर प्रदेश कमिटीको आयोजनामा संघियता कार्यान्वयन र तामाङ पहिचान बिषयक मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा अब यो प्रदेशको नामाकरण गर्दा कार्यक्रम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको हो ।

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसदहरु सबै राखेर आफ्ना एजेण्डा स्थापति गर्नका लागि यो कार्यक्रम गरिएको थियो । सात वटै प्रदेश मध्यमा तीन नंमबर प्रदेशमा मात्र तामाङ र नेवार जातीको धेरैनै बसोबास रहेकाले प्रदेशको नामाकरण गर्दा ध्यान दिनका लागि नेपाल तामाङ घेदुङ संघका तीन नंमबर प्रदेशका अध्यक्ष सोमबल तामाङले आग्रह गर्नुभयो ।

यो नामाकरण गरिएमा द्धन्द्ध पनि मेटिने र पहिचान पनि भेटीने भएकाले र बहुपहिचानको मुद्धा पनि समेटिने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आफ्ना मातृभाषाहरु बिद्यालयमा अनिवाय रुपमा पढानउका लागि पनि माग गरिएको छ । तामाङ समुदायले मान्दै आएको सोनाम लोछारका अबसरमा तीन दिन सार्बजनिक बिदा दिनका लागि पनि माग गर्दै बौद्य धार्मिक करिडोरको घोषणा गर्नका लागि पनि आज माग गरिएको छ । तीन नंम्बर प्रदेशको १३ वटै जिल्लाहरु समेट्नेगरी प्रदेश सरकारले निर्माण गर्न लागेको चक्रपथलाई आफ्नो जाती अनुसारको तामसालिङ चक्रपथको रुपमा निर्माण गर्नका लागि उनिहरुले माग गरेका छन् ।

सबै तामाङ समुदायहरुको माग सुनिसकेपछी प्रमुख अतिथीको आसनबाट बोल्दै तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुखी नेपाली र समृद्ध नेपालको नाराभित्र सबै पर्ने भएकाले जातजातीबत्राट माथी उठ्नका लागि आग्रह गर्नुभयो । यो नारामा कुनै जातजाती, ब्यक्ति, समुदाय भन्दा पनि तीन करोड नेपाली अट्ने भएकाले यो नारा अनुसार काम गरिने बताउनुभयो । अब निस्चित जाती भन्दा पनि उत्पीडित जाती र बर्गको निम्ती काम गरिने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो(अब जाती बिशेष भन्दा पनि बर्ग बिशेषलाई ध्यान दिएर काम गर्नपर्छ । यो देशका कतीजना खानै नपुग्ने बाहुनहरु पनि छन् । ठुला धनी तामाङ समुदाय पनि छन् त्यसैले बर्ग बिशेषमा रहेर काम गरिनु अहिलेको आबस्यक्ता हो ।

अब जाततिय भन्दा पनि बर्गिय राजनिति गर्ने बेला आएको उहाँको भनाई छ । अहिलेको संबिधानलाई पुर्ण रुपमा कार्यनयन गर्नका लागि आफुहरु लागिपरेको उहाँले बताउनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले अबको समयमा जातजातीको कुरा गरेर नहुने बताउनुभयो । अहिलेको समयमा सबै संग प्रतिस्पर्धा गरेर मात्र अगाढी बढ्न सकिने बताउनुभयो । नमुना प्रदेश बनाउनका लागि सबैले महत्वपुर्ण काम गरिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्री शालिकराम जमरकटेलले तामाङ समुदायहरुको माग पुरा गर्नका लागि आफुहरु तयार रहेको बताउनुभयो । आफुहरुले पहिले देखिनै भन्दै आएको उत्पीडित बर्ग र जातीको समस्यालाई समेट्नका लागि तयार रहेको बताउनुभयो । कार्यक्रममा यस प्रदेशका कृर्षि, भुमी तथा सहककारी मन्त्री दावा दोर्जे लामाले राजधानी भन्दा पनि अहिलेको बिषय भनेको समृद्धी रहेको बताउनुभयो । कार्यक्रममा यस प्रदेशका उपसभामुख राधिका तामाङ, तीन नंमबर प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानिया, पुर्ब उर्जा राज्यमन्त्री सूर्यमान दोङ, संघका केन्द्रीय अध्यक्ष मोहन गोले लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।