बहुमतले पारित भयो प्रदेश तीनको बजेट
गुगलपाटी संवाददाता हेटौंडा,१९ असारप्रदेश तीनको सदनमा प्रश्तुत भएको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट बहुमतले पारित भएको छ ।
तीन नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले निर्णयार्थ प्रस्तुत गरेको राजश्व र ब्ययको अनुमान र आगामी आर्थिक वर्षको बिनियोजन विधेयक मंगलबार बहुमतले पारित भएको संसद सचिवालयल जनाएको छ। प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले निर्णयार्थ प्रस्ताव गरेको राजश्व र ब्ययको अनुमान पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
खासगरी बजेटको पक्षमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यहरुले हात उठाएका थिए । बिपक्षमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस,नेपाल मजदुर किसान पार्टी,साझा विवेकशिल पार्टी र राप्रपा प्रजातान्त्रिकका प्रदेशसभा सदस्यले हात उठाएका थिए । उठेका प्रश्नहरुको सभामा जवाफ दिदै प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेलले पहिलो पटक भएकाले प्रदेश सरकारले सोचे जसरी बजेट ल्याउन नसकेको बताए । आगामि दिनमा प्रदेश योजना आयोगले स्वीकृति दिएको योजनाहरुमा मात्र बजेट हाल्ने उनले बताए ।
सभामा जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले एकसय दश जना प्रदेशसभा सदस्यहरुको छनौटकै आधारमा योजनाहरु ल्याइएकाले यसमा सकैले गुनासो गर्ने ठाउँ नरहेको जिकिर गरे । प्रदेशसभामा सामाजिक विकास मन्त्री युवराज दुलाल,आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल,भौत्तिक पूर्वाधार मन्त्री केशव स्थापित,भूमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा,उद्योग,बन,बातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले पनि अ–आफ्नो मन्त्रालयको बजेटबारे उठेको जिज्ञासाको जवाफ दिएका थिए ।तीन नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३५ अर्व ६१ करोड ५६ लाख रुपैयाँ बजेट निबियोजन गरेको छ । मंगलबार पारित भएको बजेटमा पूँजीगततर्फ २१ अर्व ७५ करोड ३० लाख नौं हजार र चालुतर्फ १३ अर्व ८६ करोड २५ लाख ९१ हजार बजेट छुट्याइएको संसद सचिवालयले जनाएको छ ।