नारायणघाट मुग्लिन सडकखण्ड एकतर्फी संचालन(अपडेट)
गुगलपाटी संवाददाता नारायणगढनारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । कालिखोलाको पहिरो पन्छाएपछि बुधबार दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालन भएको हो ।
तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए ।
सुरुमा टोपेखोला र कालीखोलाको बीचमा फसेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । दुईतर्फी बाटो ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।