पक्राउ परेका मजदुर रिहा
गुगलपाटी संवाददाता हेटौंडा,२० असारमकवानपुरको औधोगिक क्षेत्रभित्र रहेको प्रोजियोकेम प्रालि.मा आन्दोलन गरेको भन्दै पक्राउ गरिएका १४ जना मजदुर रिहा भएका छन् ।
उद्योगले मजदुरहरुलाई अन्य जिल्लामा सरुवा गरी काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजदुरहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत उद्योग परिसरमा धर्ना दिएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरु बिगत केही दिनदेखि आन्दोलनमा उत्रिएका छन् । उधोग ब्यवस्थापन पक्षले बारा जिल्लामा मजदुरहरुको सरुवा गर्न खोजेपछि उनीहरु आन्दोलित थिए ।