हिन्दु परिषदको प्रशिक्षण
गुगलपाटी संवाददाता बीरगंज २३ असारहिन्दू परिसद नेपाल केन्द्रीय कमिटिले शनिबार बीरगंजको टाउन हलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ।
कार्यक्रममा केन्द्रीय समिति,प्रदेश न२ समिति,नारायणी अंचल कमिटि,बारा र पर्सा जिल्लाको सम्पूर्ण जिम्मेवार नेताहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम लाई संम्बोधन गर्दै हिन्दू परिसद नेपालको केन्द्रीय अध्यक्ष संतोष पटेलले अबको पांच वर्ष भित्र नेपाल पुनः हिन्दू राष्ट्र हुनेमा आफु बिस्वस्थ्य रहेकोबताए ।प्रमुख अतिथि समेत रहेका पटेलले शासन व्यवस्था जे होस नेपाल पुनः हिन्दू राष्ट्र हुनु पर्छ भन्ने मान्यताका साथ आफुहरु अगाडि बढेको बताऊदै आफु र आफ्नो सगठन हिन्दू राष्ट्र प्रति पूण रूपले संकल्पित रहेको बताए।नेपालमा बसोवास गर्ने हिन्दू वो हिन्दूका आस्था संग खेलवाड़ गर्ने कार्य भए भने आफुहरु चुप लागर नबस्ने बताएका थिए। हामी सम्पूर्ण विस्व सामु सम्पूर्ण नेपालीले शिर ठाढ़ो गरी हामी हिन्दू राष्ट्र नेपालको नागरिक हउ भन्ने चाहन छौ। संगठित हिन्दू समृद्ध नेपाल हिन्दू परिसद नेपालकोको बिशेष अभियान पनि संचालन गरेको पटेलले बताए।
कार्यक्रमका विशिष्ठ अतिथि बिधायक शकर चौधरीले आफु हिन्दू राष्ट्र प्रति सक्लल्पित रहेको बताउदै हिन्दू राष्ट्र नेपालको लागी आफु जस्तो सुकै मूल्य चुकाऊंन तैयार रहेको बताए।प्रशिक्षण कार्यक्रममा हिन्दू परिसद नेपालको महासचिव अनिरुद्ध सिंह,सचिव सुरेश साह कानू, प्रवक्ता श्रीराम उपाध्याय,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रीय सदस्यहरु चितरंजन श्रीवास्तव, भूपेन्द्र पौडेल,हिन्दू महिला परिसदका केन्द्रीय अध्यक्ष सुनीता रौनियार,युवा परिसद नेपालको केन्द्रीय उपाध्यक्ष सुनील साह,प्रदेश न।२ को अध्यक्ष सचितानंद दुबे,नारायणी अंचल अध्यक्ष हरेन्द्र पटेल लगायतकाले मंतब्य ब्यक्त गरेका थिए।
प्रशिक्षण कार्यक्रममा आजीवन सदस्य भएकाहरु बिजय गुप्ता, शिव गोयल,रामप्रवेश प्रसाद,बिनोद मित्तल,हीरा साह कानू, सुकदेव साह कानू, संजय सराफ,बीरेन्द्र गुप्तालाई प्रमाण पत्र,फूलमाला,गमछा बाट सम्मान गरिएको थियो। कार्यक्रममा सहयोग गर्ने ६५ जान लाई सम्मान(पत्र एवं गमछा लगाई सम्मान गरिएको थियो। परिसद हाल नेपालको ३० वटा जिल्ला हरुमा शाखा एवं संगठन बिस्तार गरी कार्य गरिरहेको छ।हिन्दू परिसद नेपालले आफ्नो बुक लेट पनि सार्वजनिक गरेको थियो।