हंशलोकमा नयाँ नेतृत्व

गुगलपाटी संवाददाता हेटौंडा
२३ असार २०७५ १५:३८

सनातन धर्ममा आस्था राख्ने श्रीहंसलोक जनकल्याण समिति नेपालले शनिबार मकवानपुर जिल्ला कार्यसमिति चयन गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा भएको कार्यक्रममा १५ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा जिल्ला अध्यक्षमा तोताद्रीनाथ पौडेल, उपाध्यक्ष रामप्रकाश सुबेदी, सचीव इन्दिरा थपलिया, सहसचिव शिवप्रसाद आचार्य, कोषाध्यक्ष बेली पुडासैनी चयन गरेको थियो ।
त्यस्तै सदस्यहरुमा तारा गौतम, गीताकुमारी न्यौपाने, मीरा बस्नेत, प्रमिला श्रेष्ठ, शर्मिला बिष्ट, रेखा ठकुरी, शान्ति कप्रौला, कल्पना अर्याल, गीता श्रेष्ठ र लक्ष्मी बर्तौला चयन भएका छन् । हंसलोक जनकल्याण समिति नेपालको केन्द्रीय अध्यक्ष भोलाप्रसाद थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव सुभाषचन्द्र कँडेल विशेष अतिथि रहेका थिए ।
त्यसैगरी बरिष्ठ प्रचारक हरिशरण हटुवाल, केन्द्रीय कोषाध्यक्ष भक्तबहादुर थापा, केन्द्रीय सदस्य मेनुका पौडेल, गोकर्ण पुडासैनी, सीता बिडारी, रेनुका रिजाल, चिनियामान लामा र मञ्जु पौडेललगायत ब्यक्तिको उपस्तिथि थियो । कार्यक्रम सञ्चालन केन्द्रीय सचीव भवानीप्रसाद गौतमले गरेका थिए ।