नो पार्किङका बिषयमा संघ र उपमहानगरबीच द्वन्द
गुगलपाटी संवाददाता हेटौंडा,२४ असारहेटौंडा उपमहानगरपालिका र ट्राफिक प्रहरीले उचित विकल्प नदिई राप्तीरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ ।
‘नो पार्किङ’को विरुद्ध हेटौंडा बजार बन्द गर्ने र पसलको चाबी नगरपालिकालाई बुझाउनेसम्मका कार्यक्रम तय गरे लगत्तै,ऊ आन्दोलित भएको हो । संघका अध्यक्ष कृष्ण कटुवालले उपमहानगरपलिकाले आफूहरुसँग समन्वय नै नगरी उचित विकल्प पनि नदिई अव्यवहारिक ढंगले राप्तीरोड क्षेत्रमा पार्किङ निषेध गरिएकाले त्यसको विरोध गरिएको जानकारी दिए ।राप्तीरोड क्षेत्रमा मोटरसाइकल र साइकलसमेत पार्किङ गर्न नपाएपछि आफूहरुको व्यवसायमा प्रत्यक्ष असर परेको कटुवालको भनाइ थियो । ‘
संघले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत आज आइतबार ‘नो पार्किङ’ को अवज्ञा गर्ने, २५ गते हेटौंडा उपमहानगर क्षेत्रमा सिठी जुलुस गर्ने, २६ गते हेटौंडा बजार बन्द गर्ने, २७ गते ब्यवसाय बन्द गरी चावी उपमहानगर कार्यालयमा बुझाउने र त्यति हुँदा पनि सम्बन्धित निकायले माग सम्बोधन नगरे २८ गते थप सशक्त आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्ने संघले जनाएको छ ।