फेरि आयो हेटौंडा कपडा उधोग खोल्ने आश्वासन
गुगलपाटी संवाददाता हेटौंडा,२४ असारसरकारले बन्द भइसकेको हेटौंडा कपडा उधोग संचालनकाृ तयारी भइरहेको दाबी गरेको छ । आइतबार ब्यवस्थापिका संसदलाई संबोधन गर्दै उधोगमंत्री मातृका यादवले बन्द हेटौंडा कपडा उधोग सहित सरकारको लगानी रहेका वुटवल धागो कारखाना, वीरगञ्ज चिनी कारखाना र विराटनगर जुट मिल र गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि आवश्यक योजना अगाडि बढाएको पनि उनले बताए ।
‘निजीकरण र उदारीकरणको नाउमा यी उद्योगहरु धरासायी भए देशको उत्पादन नबढाएसम्म समद्धि हासिल हुँदैन, त्यसका कारण
रुग्न उद्योग सञ्चालन गर्न सरकार केन्द्रित बनेको हो’, उनले भने, ‘उत्पादन नबढाएसम्म व्यापार घाटा कम हुन नसक्ने हुँदा पनि उद्योग सञ्चालन गरी उत्पानदन बढाउनेतर्फ सरकारले ध्यान केन्द्रित गरेको छ ।
यद्यपी नयाँ उधोगमंत्री आए लगत्तै यी उधोगहरु खोल्ने कुरा बताएपनि ब्यवहारमा कार्यान्वयन नभएका कारण आम नागरिकहरुले भने मंत्रीको भनाइमा बिश्वास नभएको बताएका छन् ।