देशभर बर्षाको संभवना
गुगलपाटी संवाददाता काठमाडौंमौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो ।
महाशाखाका अनुसार, आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाकाे भनाइ छ । पूर्व र पश्चिमका केही स्थानहरुमा भने महाशाखाले भारी वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार, भोलि दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना छ ।
असार २७ गते (बुधवार) दिउँसो सामान्य बदली हुने प्रक्षेपण महाशाखाको छ । मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरुमा भने भारी वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।